दीपक मनाङेको प्रतिक्रिया : झापड हान्दा मज्जा लाग्छ ! | Khabarhub Khabarhub

दीपक मनाङेको प्रतिक्रिया : झापड हान्दा मज्जा लाग्छ !


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले ठगी गरेको कारण आफूले झापड हानेको गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ ( दीपक मनाङे) ले बताएका छन् । ठगलाई झापड हान्ने आफूलाई प्रहरीले पक्राउ गर्न नपाउने उनको भनाइ थियो ।

मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै झापड हानेर चर्चामा आएका मनाङेले बुधबार पोखरामा पत्रकार सम्मलेन गरेर ठगलाई झापड नहानेर माला लगाउन त ? भन्दै प्रश्नसमेत गरे ।

‘मेरा १८ जना बच्चालाई अलपत्र पारेपछि झापट हानेको हुँ, ठगलाई झापड हान्न पाइन्छ’ उनले भने।

एन्फाका कास्कीका अध्यक्ष गुरुङले बुधबार कास्की प्रहरीमा उनी विरुद्ध उजुरी दर्ता गरेको केही समयमै उनले पत्रकार सम्मेलन गरेका हुन्।

उनले भने, ‘हिजो पूर्व प्रधानमन्त्रीलाई पनि चप्पल हिर्काइयो, झलनाथलाई पनि हानियो, उस (मिलन) लाई त मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने हो।’ उनले आफू रावणतिरको भएको बताउँदै झापड हान्दा मज्जा लाग्ने पनि बताए ।

‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन । राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ’ उनले भने ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ५ : ५१ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई