नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ग्ल्यान्डको 'सी' टिमसँग खेल्ने | Khabarhub Khabarhub

नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ग्ल्यान्डको ‘सी’ टिमसँग खेल्ने


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) र इङ्ग्ल्यान्ड फुटबल एसोसियसनबीच एमओयु सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एन्फा र इङ्ग्ल्यान्ड एफएबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङ्ग्ल्यान्डका तर्फबाट हेड अप द नेसनल लिग सिस्टम लरेन्स जोनले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ग्ल्यान्डको पाँचौ डिभिजनको क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । जसलाई सि टीम समेत भन्ने गरिन्छ । यसलाई इङ्ग्ल्यान्डको फुटबल विकासमा सहयोग पुर्‍याउँदै आएको सि टीमको लिग कमिटी प्रतिनिध एन्ड्रु साले बताए ।

नेपालले सि टीमसँग भने २०२० को मे २३ मा र २०२१ मे महिनामा गरी होम एण्ड अवे खेलका रुपमा २ वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

पहिलो खेल नेपालले अवे खेल्नेछ । यही बर्ष हुने खेल नेपालले चेल्सी क्लबको यु २१ को होम ग्राउन्डमा खेल्नेछ ।

एन्डरसट मैदानमा नेपाली टोलीले खेल्दा इङ्ग्ल्याण्डमा नेपाली दर्शकको साथ पाउने सहारा युकेका अध्यक्ष मीन गुरुङले बताए ।

नेपाली राष्ट्रिय फुटबल टोलीले यसअघि सन् १९७३ मा जर्मनमा खेलेको थियो भने अब इङ्ग्ल्यान्डमा दोस्रो पटक खेल्नेछ ।
यसलाई एन्फा नेतृत्वले नेपाली फुटबलको नयाँ आयामका रुपमा अर्थ्याएको छ । आगामि दिनमा युवा टोली र महिला टोलीले समेत इङ्ग्ल्यान्डमा खेल्न् वातावरणा बनाउने एन्फा अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ५१ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज