‘सेल्फी किङ’मा बाबु-छोराको सम्बन्धको कथा | Khabarhub Khabarhub

‘सेल्फी किङ’मा बाबु-छोराको सम्बन्धको कथा


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सेल्फी किङ’ मा विपिन कार्कीको शीर्ष भूमिका छ । निर्माण टिमले फिल्मको टिजर, गीत तथा ट्रेलर सार्वजनिक गरिसकेको छ ।

फिल्मको फस्ट लूक सार्वजनिकपछि नै चर्चामा रहेको यो फिल्मलाई एक हास्यकलाकारको जीवनमा आइपरेको उतारचढावको कथा भनिएको छ ।

फिल्मका निर्माता दिनेश राउतले भने यो फिल्म एक कलाकारको जीवनमा आइपर्ने कथा मात्रै नभएर बाबु–छोराको सम्बन्धको कथामा आधारित फिल्म भएको खुलाएका छन् ।

खबरहबसँगको कुराकानीमा राउतले भने, ‘हामीले अहिलेसम्म बाहिर नल्याएको कुरा के हो भने यो फिल्मको मुख्य कथा बाबुछोराको सम्बन्धमा आधारित छ ।’

निर्देशक विशाल सापकोटाका अनुसार फिल्मको कथा एक वास्तविक कलाकारको जीवनमा आधारित छ । तर, कसको कथा हो भन्ने खुलाउँदा फिल्मको मुख्य प्लट नै आउट हुने डरले उक्त कुरा निर्माण टिमले बाहिर ल्याएको छैन ।

निर्माता राउतले भावनात्मक रुपमा फिल्मले दर्शकलाई बाँध्ने बताए । उनले भने, ‘यो फिल्मको कथा सुनेपछि नै म आफैले लगानी गर्न तयार भएँ, निर्देशकले कथा सुनाउँदा नै फिल्म मन परेको हो ।’

‘सेल्फी किङ’ मा विपिन कार्कीले शीर्ष भूमिका निभाएका छन् । फिल्ममा लेखन तथा निर्देशन विशाल सापकोटाको छ । यस्तै फिल्ममा लक्ष्मी बर्देवा, अभय बराल, कमलमणि नेपाल, भुवन चन्द, लोकमणि सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : ४० बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।