कतारले अघि बढायो आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने प्रकृया | Khabarhub Khabarhub

कतारले अघि बढायो आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने प्रकृया


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार–कतार सरकारले आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने तयारी गरेको छ । यसका लागि कानूनको मस्यौदासमेत तयार पारिएको छ ।

आप्रवासी श्रमिकको न्यूनतम ज्याला सम्बन्धी कानूनको मस्यौदा शुरा काउन्सिलमा छलफल पश्चात थप अध्ययनका लागि विधायिका मामिला समितिमा पठाइएको छ ।

कतारका सभामुख अहमद विन अव्दुल्लाह बिन जैद अल मोहम्मदको अध्यक्षतामा शुरा काउन्सीलले सोमवारको नियमित बैठकमा यस विषयमा छलफल गरेको थियो ।

सो बैठकमा आप्रवासी कामदारको न्यूनत तलव तोक्ने मस्यौदा समबन्धी कानूनमा छलफल भएको जानकारी प्राप्त भएको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मस्यौदा कानूनमा कामदारको तलव तोक्न श्रम मन्त्रालय अन्तर्गत न्यूनतम ज्याला समिति गठन हुने विषय समेटिएको छ । समितिको गठन तथा अन्य कार्य मन्त्रिपरिषदले तोके अनुसार हुने समाचारहरुमा जनाइएको छ ।

कतारले सन् २०२० को जनवरीमा आप्रवासी कामदारको न्यूनतम ज्याला तोक्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : १६ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको