ट्रम्पबिरुद्धको महाअभियोगबारे अमेरिकी माथिल्लो सदनमा बहस, प्रक्रियाकै विषयमा मतभेद | Khabarhub Khabarhub

ट्रम्पबिरुद्धको महाअभियोगबारे अमेरिकी माथिल्लो सदनमा बहस, प्रक्रियाकै विषयमा मतभेद


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध लगाइएको महाअभियोगबारे त्यहाँको माथिल्लो सदन सिनेटमा छलफल शुरु भएको छ ।

मंगलबार मध्यरातिदेखि सिनेटमा शुरु भएको छलफलमा रिपब्लिकन र डेमोक्य्राटबीच महाअभियोगमा हुने बहस प्रक्रिया कसरी अघी बढाउने भन्नेमै मतभेद बढेको छ ।

ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको अडानलाई सत्तारुढ रिपब्लिकनले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा मतभेद बढेको हो ।

सिनेटमा बहुमत समेत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन् भने विपक्षी डेमोक्य्राटहरू त्यसो गरिए ढाकछोप हुने बताउँदै आएका छन ।

ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिएको तथा कङ्ग्रेसलाई आफ्नो काम कारबाहीको छानबिनबाटै बिमुख बनाएको आरोपमा महाअभियोग सामना गरिरहेका छन्।

‍सिनेटका १ सय सदस्यमध्ये ५३ जना रिपब्लिन नै भएकाले उनिबिरुद्धको महाअभियोग पास हुने सम्भावना क्षिण छ । अमेरिकी इतिहासमा राष्ट्रपतिलाई महाअभियोग लगाइएको यो तेस्रो पटक हो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ०७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र