इन्टरपोलका पूर्वप्रमुखलाई चिनियाँ अदालतले सुनायो साढे १३ वर्षको जेल सजाय | Khabarhub Khabarhub

इन्टरपोलका पूर्वप्रमुखलाई चिनियाँ अदालतले सुनायो साढे १३ वर्षको जेल सजाय


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूवर्प्रमुख मेङ होङ्वेलाई एक चिनियाँ अदालतले जेल सजाय सुनाएको छ ।

भ्रष्टाचारको आरोप लागेका होङ्वेलाई १३ वर्ष ६ महिनाको जेलसजाय सुनाइएको हो ।

होङ्वे इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए । सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए ।

भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिनपिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

उनले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकार गरेका छन् । तान्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय होङ्वेलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ ।

अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका उनी बेपत्ता भएका थिए ।

इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो । तर उनी हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ८ : ०२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र