म्यान्चेस्टर सिटीलाई जिताउन सर्जियोले गरे निर्णायक गोल | Khabarhub Khabarhub

म्यान्चेस्टर सिटीलाई जिताउन सर्जियोले गरे निर्णायक गोल


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले सेफिल्ड युनाईटेडबिरुद्ध १ – ० को जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीको जीतमा सर्जियो अग्युरोले खेलको ७३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लिगमा अग्युरोले सिटीका लागि पछिल्ला तीन खेलमा गरेको यो छैठौं गोल हो ।

घरेलु समर्थकको साथ पाएको सेफिल्डले पहिलो हाफमा सिटीका तर्फबाट ब्राजिलियन खेलाडी ग्याब्रियल जिससले गरेको पेनाल्टी प्रहार ‍रोकेको थियो । तर दोस्रो हाफमा बैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेका अग्युरोले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

जितपछि सिटी शीर्ष स्थानको लिपरपुलसँग अंक दूरी ३ अंकले घटाएको छ । शीर्ष स्थानको लिभरपुलले सिटी भन्दा २ खेल कम खेल्दै ६४ अंक बनाएको छ भने दोस्रो स्थानमा उक्लिएको सिटीले २४ खेलबाट ५१ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : ५४ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास