कोरोना कहर : साउदीमा हवाई उडान बन्द, ५० जनाभन्दा बढी भेला हुन रोक | Khabarhub Khabarhub

कोरोना कहर : साउदीमा हवाई उडान बन्द, ५० जनाभन्दा बढी भेला हुन रोक


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबको आन्तरिक मन्त्रालयले आज सोमबारदेखि लागू हुने गरी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट हुने आवागमन बन्द गरेको छ ।

नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाइएको छ ।

आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिनसक्ने समेत जनाइएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै  साउदी सरकारले कोभिड-१९ संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको जनाएको छ ।

यो आदेशको उल्लङ्घन गर्ने विरुद्ध साउदी रियाल १५ हजार सम्म जरिवाना गरिने दूतावसले जनाएको छ ।

सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण पालना गर्न साउदीमा रहेका नेपालीहरुलाई  दूतावासले अनुरोध छ।

यसैबीच कुवेतको सरकारी मिडियाका प्रमुख तारिक अल मुज्रीमले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने आउने सम्पूर्ण उडानहरु आज सोमबार राती ११ बजेदेखि जनवरी १ तारिख २०२१ सम्मको लागि बन्द गरेको जनाएको छ ।

यस्तै भूमि र समुद्री सीमाबाट प्रवेश गर्ने सम्पूर्ण नाकाहरु पनि बन्द गरिएको जनाएको छ ।

कुवेतको नागरिक उड्डयन महानिदेशालयले यो निर्णयलाई घटनाक्रम अनुसार समीक्षा गरिने समेत जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ०४ बजे

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह