कोरोना कहर : भारतमा डिसेम्बर ३१ सम्म बेलायतबाट हुने सबै उडान स्थगित गरिने | Khabarhub Khabarhub

कोरोना कहर : भारतमा डिसेम्बर ३१ सम्म बेलायतबाट हुने सबै उडान स्थगित गरिने


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले आउँदाे डिसेम्बर ३१ तारिखसम्म सबै बेलायती उडान स्थगित गर्ने निर्णय गरेको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ र बढी सङ्क्रामक समस्या देखिएपछि भारतले डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

“कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै बेलायतबाट भारत आउने सबै उडानहरू यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय भएको छ,” उड्डयन मन्त्रालयको ट्वीटमा भनिएको छ ।

उडान स्थगितको यो निर्णय मङ्गलबार (भोलि) रातिदेखि लागू हुनेछ । तर यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीका लागि भने पूर्णतयाः लागू नहुने जनाइएको छ ।

आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तव्यमा जान रोक लगाइने छैन  ।बेलायतबाट हुने उडानलाई केही युरोपेली देशहरूले पनि स्थगित गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ०३ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर