२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । जसमध्ये ७४२ जना संक्रमित गत २४ घण्टामा थपिएका हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ३, खोटाङमा एकजना, झापामा १०, ताप्लेजुङमा एकजना, धनकुटामा एकजना, पाँचथरमा २, भोजपुरमा एकजना, मोरङमा ३१ जना, संखुवासभामा ३ र सुनसरीमा ७ जनामा कोरोना  भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को पर्सामा ३ र बारामा ६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बागमती प्रदेशको काठमाडौंमा २३५, काभ्रेमा २८, चितवनमा २०, दोलखामा ८, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा २१, मकवानपुरमा १६, रसुवामा २ रामेछापमा २, ललितपुरमा ५५, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्कीमा ४२, गोरखामा ४, तनहुँमा १४, नवलपरासी पूर्वमा १८, पर्वतमा ४, म्याग्दीमा एकजना, लमजुङमा ८, बागुलङमा २ र स्याङजामा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ७, गुल्मीमा ६, दाङमा १६, नवलपरासीमा ४, पाल्पामा १३, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ६, रुपन्देहीमा ३४ र रोल्पामा ५ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको जाजरकोटमा एकजना, जुम्लामा एकजना, डोल्पामा ३ दैलेखमा ३, सल्यानमा ३, सुर्खेतमा १६ र हुम्लामा एकजनामा कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा एकजना, कैलालीमा १०, डडेल्धुरामा ३ , डोटीमा ४,दार्चुलामा एकजना र बझाङमा ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ५ : १० बजे

ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको