केपी ओली नेताको लायक हुनुहुन्न : नेता नेपाल | Khabarhub Khabarhub

केपी ओली नेताको लायक हुनुहुन्न : नेता नेपाल


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेताको लायक नभएको बताएका छन् ।

संसद भवन वानेश्वरमा बोलाइएको आफू पक्षीय विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग बोल्दै नेता नेपालले संसद विघटनको ओलीको कदम पनि असंवैधानिक भएको दोहोर्‍याए ।

संसदीय दलमा समेत अल्पमतमा परेकाले ओली अब नेता हुन पनि लायक नभएको उनले बताए ।

प्रतिनिधिसभाको ९० जनाको हस्ताक्षर भइनै सकेको र दुईमन्त्री, रघुवीर महासेठलगायत जोड्दा १०० जना ओलीकोविरूद्ध पुग्ने उनले प्रष्ट्याए ।

‘संसदीय दलमा पनि उहाँ बहुमतमा हुनुहुन्न, अब नेतामा रहन योग्य हुनुहुन्न,’ नेता नेपालले भने ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : १३ बजे

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद

काठमाडौं-  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झट्का

जलवायु परिवर्तनको असरबारे जापान चिन्तित, हिमाल जोगाउन सबैले सहकार्य गरौँ : परराष्ट्रमन्त्री योको

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री कामीकावा

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’

काठमाडौं– सत्तारूढ जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टी

गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा

पोखरा- गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले

गण्डकीमा सभामुखको मत जोडेर मुख्यमन्त्रीले पाए विश्वास

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको