प्रचण्ड-नेपाल पक्षीय सांसदको भेला सुरु | Khabarhub Khabarhub

प्रचण्ड-नेपाल पक्षीय सांसदको भेला सुरु


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको भेला सुरु भएको छ ।

भेला नयाँबानेश्वरस्थित संसद भवन बीआईसीसीमा छ। बीआईसीसीको ल्होत्से हलमा सांसद भेला भएका छन् । भेलामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि आजै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि आफू पक्षीय नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।

छलफलका क्रममा उनले प्रचण्डप्रति आक्रोश पोखेका थिए । पार्टी कब्जा गर्दै प्रधानमन्त्री बन्ने प्रचण्डको षडयन्त्र बुझेर आफूले यस्तो कदम चालेको बताएका थिए ।

आजै बिहान गृहमन्त्री रामबहादुर थापाले पनि आफू पक्षीय नेतासँग छलफल गरेका थिए । उनी ओलीले बोलाएको छलफलमा बालुवाटार गएका थिएनन् भने उनलाई भेट्न प्रचण्ड उनकै निवास पुल्चोक पुगेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  २ : ०४ बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।