ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउँदैन : प्रचण्ड | Khabarhub Khabarhub

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउँदैन : प्रचण्ड


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकता नभत्कने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन नसक्ने बताएका हुन् । प्रचण्डले एक विज्ञप्ति जारी गर्दै एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वविरुद्ध एकतावद्ध भएर उभिन नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन् ।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’

उनले भनेका छन्, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ११ : ४७ बजे

काठमाडौँमा बढ्दो वायु प्रदूषण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क

बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ

बारा- बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २

सुहाङलाई बधाई दिन इलाम पुगे एमाले अध्यक्ष ओली

विराटनगर – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी

नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा 

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले मनोवैज्ञानिक रेखा पार गरेको छ

श्रम सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम सम्बन्धी ऐन नियमहरू