तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला (भिडियोसहित) | Khabarhub Khabarhub

तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला (भिडियोसहित)


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ ।

आजबाट खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरुलाई आजीवन संरक्षण गर्नुपर्ने बताए ।

इतिहासलाई जीवित राख्न सकेमात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उनले बताए । देश तथा विदेशका अनुसन्धानकर्ताहरुका लागि श्री सदन खुला हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदीका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली इतिहासमा २४० वर्षीय शाह बंशीय इतिहासको साक्षत नमुनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताए ।

हेरौं भिडियो

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहेपनि कोभिडका कारण सम्भव नभएको बताए ।

अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले बताए । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरुका नाम जिल्लाबाट राखिएको पनि उनले बताए । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रम अनुसार सबै खुला हुने उनले बताए ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए ।

गणतन्त्र स्थापना भएर दरबार संग्राहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : ०५ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ