देशभर १६७४ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर १६७४ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिए

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८९९ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् ।

थप २३२३ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३२५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सोलुखुम्बुमा १ र सुनसरीमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ को धुनषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना संक्रमण भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १ सय ६५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, वागलुङमा ७ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रोल्पामा ७ र रुपन्देहीमा ५७ जनामा कोरोना संक्रमण भएको पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिमको अछाममा ३, कञ्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धरामा ६, बझाङमा ६, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ०९ बजे

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध

कोरला नाकामा विद्युत् सेवा विस्तार

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत्