प्रज्ञा-प्रतिष्ठानले मंसिर २९ मा कविता महोत्सव आयोजना गर्ने | Khabarhub Khabarhub

प्रज्ञा-प्रतिष्ठानले मंसिर २९ मा कविता महोत्सव आयोजना गर्ने


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का  कारण स्थगन गरिएको थियो ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए ।

प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ ।

यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो ।

प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ ।

सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : ५५ बजे

डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन– डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ

कोशीका मुख्यमन्त्रीको अडान : विश्वासको मत लिन्नँ, सत्ता छाड्नुपर्ने कुनै कारण छैन

विराटनगर- संवैधानिक रुपमा अल्पमतमा परिसकेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा

काठमाडौं- भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।

झलनाथतिर लक्षित गर्दै ओलीले भने : इलाममा एमाले हराउन जोडतोडले लागेका थिए

इलाम- सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकास

जापानमा रोजगारीको उपलब्धता घट्यो

टोकियो– जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन