४ करोडभन्दा बढी कोरोना संक्रमित निको | Khabarhub Khabarhub

४ करोडभन्दा बढी कोरोना संक्रमित निको


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ४ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८० हजार पुगेको हो ।

निको हुनेको यो संख्या कुल संक्रमितका आधारमा ६९ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४६ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८१ हजार ८१८ पुगेको छ ।

यस्तै यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ९५१ जनाको मृत्यु भएको छ ।

दैनिक लगातार ११ हजार हाराहारीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ६७३ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २१८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ५११ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५४ हजार २८६ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४८ हजार ५६९ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख २४ हजार ६८० पुगेको छ ।

उपचार गराइरहेकामध्ये १ लाख २ हजार १८६ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ३१ बजे

ट्रयाक्टर दुर्घटनामा विद्यार्थीको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक

सहकारी ठगी प्रकरणमा रविबारे छानबिन समितिको अडान कांग्रेसले नछाड्ने

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा

बीमा व्यवसायमै दाग लगाएका चापागाईं किन चाहन्छन्‌ सेबोनको नेतृत्व ?

काठमाडौं । साविक बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) अध्यक्ष

शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम

तम्घास– गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक

जसपा फुटेपछि कांग्रेसले भन्यो : माधव नेपाललाई प्रधानमन्त्री अफर गरिएको होइन

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर