मेरो शरीरमा ‘नोभिचोक’ प्रयोग भयो- नाभाल्नी | Khabarhub Khabarhub

मेरो शरीरमा ‘नोभिचोक’ प्रयोग भयो- नाभाल्नी


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको बताएका छन् ।

उनले शरीरमा ‘नोभेचोक’ स्नायु एजेंटको सङ्केत भेटिएको बताउँदै थप अनुसन्धानका लागि आफ्नो लुगा फिर्ता गर्न रूसी सरकारसँग माग गरेका छन् ।

बर्लिनको एक अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरिरहेका नाभाल्नी गत अगस्ट २० मा साइबेरियाबाट मस्कोको उडानमा रहेका समय बिरामी परेपछि उनी चढेको विमानलाई बिचैमा अवतरण गराई अस्पताल भर्ना गरिएको थियो । उनलाई उपचार गर्न जर्मनी लग्नु पहिले दुई दिन रूसको अस्पतालमा उपचार गरिएको थियो ।

“फ्रान्स र स्विडेनमा दुई स्वतन्त्र प्रयोगशालाहरू र बुन्डेश्वेहर विशेष प्रयोगशालाले मेरो शरीरमा नोभेचोकको उपस्थिति पुष्टि गरेका छन्,” जर्मन सेनाको प्रयोगशालालाई संकेत गर्दै कोमाबाट सामान्य अवस्थामा फर्केकारूसी विपक्षी नेता नाभाल्नीले पहिलो पटक सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको थियो ।

उनले रसियाले अझै अनुसन्धान खोलेको छैन । रुसी सञ्चारमाध्यमहरूले प्रशारण गरेको समाचारहरूमा पश्चिमी खुफिया अधिकारीहरू वा नाभाल्नीको आफ्नै सहयोगीहरूले उक्त आक्रमण गरेको सुझाव दिएका समेत नाभाल्नीका समर्थकहरूले बताएका छन् ।

नाभाल्नी रूसी राष्ट्रपतिका कट्टर आलोचक मानिन्छन् ।

“मैले अरू केहि पनि आशा गरेको छैन,” उनले लेखेका छन् । रूसी अधिकारीहरूले अनुसन्धानको लागि आफ्नो लुगा फिर्ता गर्न नाभाल्नीले माग गरेका छन् । लुगामा महत्वपूर्ण प्रमाणहरू हुनसक्छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ३० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट