५२ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा | Khabarhub Khabarhub

५२ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय सङ्क्रमितमध्ये २३७ जना अर्थात ५२ प्रतिशत सङ्क्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय सङ्क्रमितमध्ये २१५ जना विभिन्न अस्पताल र स्थानीय तहद्वारा सञ्चालित आइसोलेशनमा बसेका छन् ।

सुर्खेतमा मात्रै २७३ जना मध्ये १६९ जना सक्रिय सङ्क्रमित घरमै रहेको पाइएको हो । यो ६२ प्रतिशत हुन आउँछ ।
सरकारले लक्षण नदेखिएका सङ्क्रमितलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न निर्देशन दिएपछि यो सङ्ख्या बढेको हो ।

अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हेरचाहको कमी , पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश सङ्क्रमित घर तथा होटलमा बस्न चाहेको बताइएको छ । चिकित्सकहरु सङ्क्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राख्ने र आफैँ पनि अनुशासित भएर बसेमा होम आइसोलेशन सुरक्षित हुने बताउँछन् ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ३ : ०६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी