विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख २७ हजार ४८० पुगेको छ ।

यस्तै एकै दिन थप ३ हजार ८९१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६४ हजार ७६२ पुगेको छ ।

एकै दिन २ लाख ३९ हजार ७५२ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २८ लाख १७ हजार ५४० पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १६ हजार १८६ जनाको मृत्यु भएको छ । ४४ लाख ३६ हजार ७०९ जना संक्रमित भएकोमा २३ लाख ८३ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९८ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८३ लाख ४८ हजार ३०८ पुगेको छ । त्यसमध्ये ५२ लाख ६६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ७७ हजार १७३ जनाको मृत्यु भएको छ । ९४ लाख ६८ हजार ८१ जना संक्रमित भएकोमा ७७ लाख ६४ हजार ११८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३७ हजार ९६५ जनाको मृत्यु भएको छ । ७५ लाख २५ हजार ८८८ जना संक्रमित भएकोमा ६२ लाख ८३ हजार १३९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३४ हजार ८ जनाको ज्यान गएको छ भने १४ लाख १३ हजार ३८२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ५८ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८८५ जनाको मृत्यु भएको छ । ३० हजार ५५९ जना संक्रमित भएकोमा २७ हजार ९३ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : १६ बजे

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद