पुजारीको हत्यारा र झण्डा जलाउनेलाई कडा कारबाहीको माग | Khabarhub Khabarhub

पुजारीको हत्यारा र झण्डा जलाउनेलाई कडा कारबाहीको माग


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिव सेना नेपालले नेपालको राष्ट्रिय झण्डा जलाउने र रौतहटमा पुजारीको हत्या गर्ने यी दुबै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

बिहीबार शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले विज्ञप्ति जारी गर्दै यी दुबै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका हुन् ।

उनले देशको झण्डा जलाउनेहरु जो सुकै जहाँ भेटिन्छन्, त्यही कारबाही गरिने चेतावनी समेत दिएका छन् । अध्यक्ष बस्नेतले देशको झण्डा जलाउने कार्य अपराधको पराकाष्ठा भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘यस्ता अपराधीलाई यो देशमा बस्ने अधिकार छैन । यस्ता देशद्रोहीहरुलाई जहाँ भेटिन्छ, त्यही कारबाही गरिनेछ ।’

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने कार्यमा संलग्न भएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यता बुधबार राति रौतहटको माधवनारायण नगरपालिका –२ स्थित हनुमान मन्दिरका पुजारी राम साहलाई गोली हानी हत्या गरिएको घटनालाई शिव सेनाले गम्भीर रुपमा लिएको छ ।

अध्यक्ष बस्नेतले बारम्बार हिन्दू साधुहरुमाथि भइरहेका आक्रमणका घटनाहरुलाई लिएर सुनियोजित रुपमा समेत भएको हुनसक्ने आशंका गरेका छन् ।

उनले पुजारी हत्या घटनासको सत्यतथ्य छानविन गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ३ : ५२ बजे

कानुन दिवस : न्याय परिषदको समीक्षा

हरेक वर्ष वैशाख २६ गते स्वतन्त्र न्यायपालिकाको जन्मदिन मान्दै कानुन

कुलमानको स्पष्टीकरण : ‘अंशबण्डा भइसकेका दाजुभाइसँग जोडेर बदनाम गर्न खोजियो’

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अंशबण्डा

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं– न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र प्रभु बैंकबीच

सुनसरीबाट सशस्त्रद्वारा एक क्विन्टल गाँजा बरामद

सुनसरी– मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद

म्यान्माद्वारा आर्थिक वर्ष पाँच लाख टन हरियो चना निर्यात

याङ्गुन– म्यान्माले आर्थिक वर्ष सन् २०२३–२४ मा पाँच लाख तीन