तीजको साइतमा बाढीपीडित एकल महिलाको घर शिलान्यास | Khabarhub Khabarhub

तीजको साइतमा बाढीपीडित एकल महिलाको घर शिलान्यास


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- माइती र चेलीबीचको सम्बन्धलाई प्रगाढ तुल्याउने महान चाड तीजको साइत पारेर आज झापाको शिवसताक्षीमा बाढीबाट विस्थापित एउटी एकल महिलाका लागि नगरपालिका र समुदायले पक्की घर निर्माणको शुभारम्भ गरेका छन् ।

गत असार १२ गत कनकाई नदीको बाढीले घर बगाएपछि अढाई वर्षको एक छोरा, ५ र ७ वर्षका दुई छोरीलाई लिएर शिवसताक्षी–१० की तारा शेर्मा रेडक्रसले दिएको त्रिपालमा खोला किनारमा असुरक्षितरूपमा बस्दै आउनुभएको थियो ।

उनको कारुणिक अवस्था सञ्चारमाध्यममा आएपछि मेची अभियानले पक्की घर बनाइदिने घोषणा गरेको थियो । आज झापाको शिवसताक्षी–११ मा सोही घरको शिलान्यास गरिएको छ ।

ताराका लागि बनाइने घरमा तीन कोठा र एउटा शौचालय रहने बताइएको छ । छानो जस्ता पाताको भए पनि घरको कोठाहरु सिमेन्ट र इँटाले बनाइनेछ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र अभियानका संयोजक विजय डालमियाले घरको संयुक्तरूपमा शिलान्यास गरेका थिए ।

नगरपालिकाले घरबारविहीन परिवारको बसोबासका लागि तोकेको जनता आवास क्षेत्रमै पाँच धुर जग्गा उपलब्ध गराएको छ । त्यहाँ यसअघि १२ वटा घर निर्माणाधीन अवस्थामा छन् ।

यही सालको तिहार अगावै घरको निर्माण सकेर तारालाई हस्तान्तरण गरिने मेची अभियानका संयोजक डालमियाले जानकारी दिए। घर निर्माणमा सात लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ३ : ०७ बजे

सरकार बचाएर जाने पक्षमा एकीकृत समाजवादी, जथाभावी नबोल्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल नेपका एमाले

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

नवलपरासी– पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै आकर्षक तलबको प्रलोभनमा

उपेन्द्र यादव अमेरिकाबाट मध्यराति आइपुग्दै, मंगलबार बिहान दलको बैठक

काठमाडौं –आफू नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन गरेर

शङ्खपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ ।