तीजको साइतमा बाढीपीडित एकल महिलाको घर शिलान्यास | Khabarhub Khabarhub

तीजको साइतमा बाढीपीडित एकल महिलाको घर शिलान्यास


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- माइती र चेलीबीचको सम्बन्धलाई प्रगाढ तुल्याउने महान चाड तीजको साइत पारेर आज झापाको शिवसताक्षीमा बाढीबाट विस्थापित एउटी एकल महिलाका लागि नगरपालिका र समुदायले पक्की घर निर्माणको शुभारम्भ गरेका छन् ।

गत असार १२ गत कनकाई नदीको बाढीले घर बगाएपछि अढाई वर्षको एक छोरा, ५ र ७ वर्षका दुई छोरीलाई लिएर शिवसताक्षी–१० की तारा शेर्मा रेडक्रसले दिएको त्रिपालमा खोला किनारमा असुरक्षितरूपमा बस्दै आउनुभएको थियो ।

उनको कारुणिक अवस्था सञ्चारमाध्यममा आएपछि मेची अभियानले पक्की घर बनाइदिने घोषणा गरेको थियो । आज झापाको शिवसताक्षी–११ मा सोही घरको शिलान्यास गरिएको छ ।

ताराका लागि बनाइने घरमा तीन कोठा र एउटा शौचालय रहने बताइएको छ । छानो जस्ता पाताको भए पनि घरको कोठाहरु सिमेन्ट र इँटाले बनाइनेछ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र अभियानका संयोजक विजय डालमियाले घरको संयुक्तरूपमा शिलान्यास गरेका थिए ।

नगरपालिकाले घरबारविहीन परिवारको बसोबासका लागि तोकेको जनता आवास क्षेत्रमै पाँच धुर जग्गा उपलब्ध गराएको छ । त्यहाँ यसअघि १२ वटा घर निर्माणाधीन अवस्थामा छन् ।

यही सालको तिहार अगावै घरको निर्माण सकेर तारालाई हस्तान्तरण गरिने मेची अभियानका संयोजक डालमियाले जानकारी दिए। घर निर्माणमा सात लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ३ : ०७ बजे

सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति