सप्तरीको राजविराज नगर क्षेत्रमा भने लकडाउन जारी रहने | Khabarhub Khabarhub

सप्तरीको राजविराज नगर क्षेत्रमा भने लकडाउन जारी रहने


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चैत ११ गतेदेखि लगाइएकाे लकडाउन सरकारले आज मंगलबार रातिबाट अन्त्य भएको घोषणा गरे पनि सप्तरीको राजविराज नगरपालिकामा भने जारी रहने भएको छ ।

नगरपालिकाले आज एक विज्ञप्ति जारो गर्दै साउन ७ गतेदेखि अर्को सूचना जारी नभएसम्म नगरपालिका क्षेत्रमा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको गरेको हो ।

नगर प्रमुख शम्भुप्रसाद यादवले बुधबारबाट राजविराज नगर क्षेत्रमा पूर्ण लकडाउन गर्ने निर्णय गरेको जनाएका हुन्।

विज्ञप्तिमार्फत अत्यावश्यक सेवाबाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र वित्तीय संस्थाहरु बन्द गर्न नगरबासीसँग अनुरोध गरेका छन्।

भारतबाट फर्किएका एक वृद्धको कोराना संक्रमणपछि मृत्यु भएको र उनको परिवारमा सबैलाई संक्रमण पुष्टि भएपछि राजविराज नगर क्षेत्रलाई पूर्ण लकडाउन गरेको नगर प्रमुख यादवले जानकारी दिए।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ०४ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि