बद्रीको ‘सेनिटाइजर घसेर’ मा शंकर र अञ्जली (भिडियो) | Khabarhub Khabarhub

बद्रीको ‘सेनिटाइजर घसेर’ मा शंकर र अञ्जली (भिडियो)


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक बद्री पंगेनीले तीजको गीत बजारमा ल्याएका छन् । ‘सेनिटाइजर घसेर’ बोलको गीत मंगलबार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

कोरोना भाइरसका कारण माइत जाने अवस्था नभएको भाव गीतमा प्रस्तुत गरिएको छ । गीतका शब्द रविन लामिछानेले लेखेका हुन् ।

गीतमा बद्री पंगेनी र कविता अर्यालको स्वर छ भने गायक पंगेनीको संगीत छ । गीतमा कोरोनाबाट जोगिनुपर्ने भाव व्यक्त गरिएको छ ।

यस्तै गीतको भिडियोमा शंकर बिसी, अञ्जली अधिकारी, योगिश्ना खत्रीलगायतले अभिनय गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी शंकर बिसीले गरेका हुन् ।

साथै दुर्गा पौडेलले खिचेको भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ३ : २६ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन