सात वर्षदेखि केहि नखाई बाँचेको अनौठो जीव | Khabarhub Khabarhub

सात वर्षदेखि केहि नखाई बाँचेको अनौठो जीव


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केहि यस्ता अनौठा जीव पनि छन् जसको विशेषताका बारेमा जानेर जो कोहि आश्चर्यमा पर्ने गर्दछन् ।

केहि यस्ता जीव छन् जो कैयौ दिनसम्म केहि नखाई पनि बाच्न सक्दछन् । आज हामी यस्तै एक दुर्लभ जीवका बारेमा चर्चा गर्नेछौ । जो केहि नखाई केहि दिन वा महिना मात्र होइन कैयौं बर्षसम्म जीवित रहन सक्दछ ।

दक्षिण पूर्व यूरोपको देश बोस्निया र हर्जेगोविनामा पाइने सेलामण्डर नामक एक जीव पानी भित्रका गुफामा पाइने गर्दछ । यो जीव करीब ७ बर्षभन्दा बढि समयदेखि आफ्नो ठाँउबाट हल्लिएको समेत छैन । अर्थात ७ बर्षदेखि यो जीव केहि नखाई बाँचिरहेको छ ।

वैज्ञानिकका अनुसार सेलामण्डरको छाला र अविकसित आखाँका कारण यो अन्धो हुन्छ । सायद यहि कारणले पनि यो जीव आफ्नो ठाँउबाट नहल्लिएको हो । जबकी ७ बर्षसम्म एकै स्थानमा नहल्लीकन बस्नु अत्यन्त कष्टकर हुन्छ ।

सेलामण्डर आफ्नो पुरा जीवन पानी भित्रै बिताउने गर्दछ । यसको उमेर १ सय बर्ष हाराहारीको हुने गर्दछ । यो जीव जुन गुफामा बस्दछन् त्यहाँ उनीहरुको भोजन हत्तपत पाइदैन । जसका कारण केहि नखाई पनि सेलामण्डर वर्षाैसम्म जिउँदो रहन सक्दछन् । एजेन्सीको सहयोगमा ।

तस्वीर : सामाजिक सञ्जाल

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ५१ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु