अमेरिकाद्वारा हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध | Khabarhub Khabarhub

अमेरिकाद्वारा हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले हुवावेका सामग्री वितरण गर्नेहरुमाथि पनि प्रतिबन्ध लगाएको जनाइएको छ ।
हुवावेले मानवअधिकारको दुरूपयोग गरेको भन्दै उक्त प्रतिबन्ध लगाएको अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले जनाएका छन् ।
‘विश्वभरका टेलिकम्युनिकेशन कम्पनीहरूले आफैंलाई ध्यानमा राख्नुपर्छ, यदि उनीहरुले हुवावेसँगै व्यवसाय गरिरहेका छन् भने उनीहरू मानवअधिकार दुरुपयोग गर्नेहरूकासाथ व्यवसाय गरिरहेका छन्,’ उनले भने ।
हुवावेले चिनियाँ कम्युनिस्ट पार्टीका सेनालाई सूचना पुर्‍याउने काम गरेको आरोप लाग्दै आएको छ । चीनले सिन्जियाङमा व्यापक मानवअधिकार उल्लंघन गरेकोसमेत आरोप लगाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरु ‘विश्वासका लायक’ नभएको बताउँदै भनेका थिए, ‘हामी विश्वासघात चिनियाँ कम्पनीसँग कारोबार गर्न चाहदैनौं, हामीले धेरै मुलुकहरुलाई यसबारेमा बताएका छौं कि हुवावे एक ठूलो खतरा हो ।’

अमेरिकाले चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हुवावे र जेडटीई कर्पलाई ठूलो खतराको रुपमा चित्रण गरेको छ ।
यसअघि बेलायतले पनि हुवावेलाई आफ्नो ५ जी नेटवर्कबाट प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ३९ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान