रोनाल्डोको कीर्तिमानी गोलमा लाजियोविरूद्ध युभेन्टसको जीत | Khabarhub Khabarhub

रोनाल्डोको कीर्तिमानी गोलमा लाजियोविरूद्ध युभेन्टसको जीत


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले सहज जीत निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले हराएको छ । युभेन्ट्सको जीतमा दुबै गोल रोनाल्डोले गरे ।

योसँगै रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । युभेन्ट्सलाई लगातार नवौं लिग उपाधि जीत्न मात्र ४ अंक आवश्यक देखिएको छ ।

रोनाल्डोले पेनाल्टीमार्फत युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल गरेका थिए । सिरो ईम्मोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहेन ।

रोनोल्डोको कीर्तिमान

रोनाल्डो सिरि ए मा ३० गोल पुरा गर्ने युभेन्ट्सका तेस्रो खेलाडी बनेका छन् । ईम्मोबिल भने ३० गोल पूरा गर्ने पाँचौ ईटालियन खेलाडी हुन् ।

रोनाल्डो सबै भन्दा छिटो ५० गोल पूरा गर्ने सिरि एको यस शताब्दीकै पहिलो खेलाडी हुन् । उनले ६१ खेलमा सो उपलब्धी हासिल गरेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : २९ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार