उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ। आज बसेको महासंघको पदाधिकारीको बैठकले निर्वाचनको नयाँ मिति तय गरेको हो।

महासंघको आइतबार बसेको पदाधिकारी बैठकले सर्वसम्मत रूपमा साधारणसभा गर्ने निर्णय गरेको हो।  यो निर्णयलाई सोमबार बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ।

महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउनको अन्तिम साता साधारणसभा गर्ने निर्णय भएको जानकारी दिए ।

गत चैत २८ र २९ गते हुने भनिएको निर्वाचन कोरोना संक्रमणको कारण भएको लकडाउनको कारण रोकिएको थियो रोकिएको निर्वाचन जेट ७ गते हुने भनिए पनि जेठमा समेत पुनः रोकिएर अर्को मिति तय भएको हो।

महासंघको तीन वर्षे कार्यकालको लागि निर्वाचन हुन लागको हो। यद्यपी महासंघको अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने छन्।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधान रहेको छ। यो पटक वरिष्ठ उपाध्यक्षमा भने चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी घोषणा भइसकको छ। नयाँ निर्वाचन महासंघको वार्षिक साधारण सभाबाट हुन लागेको हो।

 

 

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : ५६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र