भारतमा बेचिएकी ललितपुरकी १३ वर्षीया बालिकाको उद्दार | Khabarhub Khabarhub

भारतमा बेचिएकी ललितपुरकी १३ वर्षीया बालिकाको उद्दार


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले भारतमा बेचिएकी ललितपुरकी एक १३ वर्षीय बालिकालाई उद्दार गरेको छ ।

मानव बेचविखन अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्दार गरेको हो ।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार ललितपुरको फुटपाथमा ब्यवसाय गरेर जिवकोपार्जन गरिरहेको परिवारकी ती बालिकालाई योजना बनाएर सिन्धुपाल्चोकका कृष्ण मगर र कास्कीका प्रविन तामाङले भारतमा बेचबिखन गरेक थिए ।

उनका अनुसार कृष्णले बालिकालाई भारतमा राम्रो आर्थिकउर्पाजन हुने जागिर लगाईदिन्छु भन्दै फकाएका थिए ।

लगनखेलबाट बालिकालाई कृष्णले ९ फागुन २०७६ मा काठमाडौको नयाँ बसपार्क बालाजुबाट सुनौली जाने बसमासंगै लगेका थिए ।

मुग्लिङबाट प्रविण समेत मिसिएर भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थानमा रहेको डान्स अकेष्ट्रामा बेचबिखन गरेका थिए ।

ब्युरोको टोलीले बालिकालाई ३० जेठमा उद्दार गरेको हो । घटनामा संलग्न दुबै जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ०६ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को