नेपालमा मृत्यु भएका कोरोना संक्रमित दीर्घरोगका बिरामी पनि थिए : डा पाण्डे | Khabarhub Khabarhub

नेपालमा मृत्यु भएका कोरोना संक्रमित दीर्घरोगका बिरामी पनि थिए : डा पाण्डे


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हालसम्म मृत्यु भएका कोरोना संक्रमितहरुमध्ये अधिकांश विभिन्न किसिमको दीर्घरोगी समेत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले मृत्यु भएका २३ जना व्यक्तिहरुमा कोरोना संक्रमण बाहेक अन्य रोग समेत रहेको जानकारी दिएका हुन् ।

“आजसम्म मृत्यु भएकाको अवस्था हेर्दा मृत्यु भएका २३ मध्ये ४ जना महिला र बाँकी पुरुषहरु हुनुहुन्छ,” डा पाण्डेले भने, “उहाँहरुको मृत्यु कोभिड-१९ को कारणले मात्र नभएको  र उहाँहरुलाई अन्य दीर्घरोग कारण पनि भएको देखिन्छ ।”

डा पाण्डेका अनुसार मृत्यु भएका संक्रमितमध्ये धेरै जस्तोमा मिर्गौला र दमका रोग भएका व्यक्तिहरु हुन् । डा पाण्डेले ६ देखि ८ दिनमा कोरोना संक्रमितको केशको दर बढेको पनि बताए ।

उनले नेपालमा रहेका कोरोना संक्रमित ९५ प्रतिशत विदेशबाट आएका र ती मध्ये पनि भारतबाट आएका धेरै भएको बताए ।

महाशाखाले कन्ट्रयाक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेको र प्रत्येक प्रदेशमा ३ वटा टिम रहेको पनि डा पाण्डेले जानकारी दिए ।

यस्तै स्वास्थ्य मन्त्रालयले एक हजार ७५ कन्ट्रयाक ट्रेसिङको टिम स्थानीय तहमा गठन भएको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ०९ बजे

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ