पहिरोमा पुरिएका चालकको मृत्यु | Khabarhub Khabarhub

पहिरोमा पुरिएका चालकको मृत्यु


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – पहिरोले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएर उपचारत २७ वर्षीय रमेश राना भने उपचारपछि घर फर्किएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट –३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार अपराह्न सडकमाथिबाट खसेको पहिरोले पुर्दा धुर्कोट–३ का १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको अवस्था सामान्य छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ११ : २५ बजे

इलाम २ : मतगणना अन्तिम चरणमा, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा