डिजिटल प्रविधिमार्फत परीक्षा गरेर नेपाली कामदार लैजान दक्षिण कोरिया तयार | Khabarhub Khabarhub

डिजिटल प्रविधिमार्फत परीक्षा गरेर नेपाली कामदार लैजान दक्षिण कोरिया तयार


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दक्षिण कोरियाले डिजिटल प्रविधिबाट इपीएस भाषा परीक्षामा सामेल गराइ नेपाली कामदार लैजाने बताएको छ ।

दक्षिण कोरियाले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लैजाने विषयमा तयारी थालेको हो ।

नेपालस्थित इपीएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले रोजगार विभागमा भएको बैठकमा सो विषयमा जानकारी दिएका हुन् ।

उनका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिने छ ।

इपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो ।

कोरियामा ४० हजारभन्दा बढी नेपाली इपीएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् ।

यस वर्ष पनि सात हजारको हाराहारीमा नेपाली कामदार कोटा छुट्याइएको छ। कोरोनाका कारण रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा रोकिएपछि दक्षिण कोरियाले डिजिटल प्रविधिमार्फत परीक्षाको प्रक्रिया अघि बढाउने भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १० : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र