कोरोना भाइरसका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायतबाट प्रकाशित हुँदै आएको वीनेपाली नामक अनलाइनले जनाएअनुसार संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे लीलाबहादुर राईको गत मंगलबार मृत्यु भएको हो ।

उनको नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र सांझ ८ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

निधनको तीन दिनपछिमात्र अस्पतालले राईको परिवारलाई सम्पर्क गरी उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।

कोरोना भाइरसका कारण राईको मृत्यु भएको पुष्टि भएसँगै उनको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ ।

हालसम्म बेलायतमा ४ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोना भाइरसका कारण १७७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ३८ बजे

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)