विप्लव समूहका जिल्ला इञ्चार्जसहित २ जना पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका जिल्ला इञ्चार्जसहित २ जना पक्राउ


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– नेत्रविक्रम चन्द (विप्लव) समूहका रौतहट जिल्ला इञ्चार्जसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इञ्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत् गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

पक्राउ परेका राई र गुरुङको साथबाट १ थान कटुवा पेस्तोल तथा एउटा हाते ग्रिनेड बरामद गरिएको छ । पक्राउ परेका राई र गुरुङमाथि आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सुराकीले दिएको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई मकवानपुर तथा रौतहटको सीमा जङ्गलबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ३ : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र