कांग्रेसद्वारा पार्टी सदस्यता वितरण र नवीकरण कार्य स्थगित | Khabarhub Khabarhub

कांग्रेसद्वारा पार्टी सदस्यता वितरण र नवीकरण कार्य स्थगित


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नविकरण गर्ने काम स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको त्रास बढिरहेका बेला त्यसम्बन्धी सचेतना फैलाउने काम गर्ने भन्दै कांग्रेसले क्रियाशील सदस्यता वितरणको काम चैत मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठूला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनि १४ औं महाधिवेशन तयारीसँग सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएका थिए । तर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागू हुने गरी ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन् ।’

कांग्रेसले ‘शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घर–घरसम्म’ कोरोना सचेतना अभियानमा भने पार्टी पंक्ति भने सतर्कतापूर्वक सक्रिय रहने जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : ५३ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै