कोरोना भाइरसको त्रास : यात्रुको चाप बढेपछि कञ्चपुरको सीमा नाकामा गाडी बन्द | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास : यात्रुको चाप बढेपछि कञ्चपुरको सीमा नाकामा गाडी बन्द


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चपुर – कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ ।

भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जानबाट रोकेको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई भने जान दिइएको छ ।

नेपालबाट भारततर्फ जाने भारतीय नागरिकलाई मात्रै भारततर्फको नाका प्रवेश गर्न दिइएको छ । भारतले कोरोना भाइरस रोकथामका लागि नागरिक कफ्र्युको घोषणा गरेपछि मजदूरीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्कन थालेका छन् ।

सीमानाकामा निकै भीड रहेकाले सवारीसाधनलाई सीमानाका प्रवेश गर्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो ।

आज बिहान मात्रै झण्डै तीन हजार बढी यात्रु एकै पटक भारतबाट नेपाल फर्केको बताइएको छ । अझै सीमानाकामा निकै भीड रहेको छ ।

तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको निकै चाप रहेको छ । सीमानाकामा राखिएको हेल्थ डेस्कमा समेत स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्न निकै कठिनाइ भएको छ ।

भीमदत्त नगरपालिकाका स्वास्थ्यकर्मीसँगै नेपाली सेनाको स्वास्थ्यकर्मीको पाँचको टोलीसमेत खटिएको छ ।

शुक्रबारदेखि नेपाली सेनाको टोलीले सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्कने यात्रुको स्वास्थ्य जाँच गरी रहेको छ ।

भारतले नेपाली सवारीसाधनलाई निकटवर्ती बजार वनबासा र नेपालले भारतीय सवारीसाधनलाई भीमदत्त नगरसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १० : ३५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई