४ लाखको सिक्री लगाउने लखपति कुकुर | Khabarhub Khabarhub

४ लाखको सिक्री लगाउने लखपति कुकुर


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कसैले पाएको वा पाउने दुखःलाई हामी कहाँ कुकुरसंग तुलना गर्ने चलन छ । बोलीचालीको भाषामा हामी कुकुरले पाएको दुखः भन्ने चलन छ ।

अर्थात कुकुरले सबैभन्दा बढि दुखः पाउने मान्यता रहदै आएको छ । तर यो दुनियाँमा केहि यस्ता कुकुर पनि छन् जो सुखसयलको जीवन मात्र होइन, लाखौको सम्पतीको मालिक समेत रहने गरेका छन् ।

भारतको बिहारस्थित बेगूसरायमा एक कुकुर अहिले लखपति बनेको छ । खासमा यसरी कुकुर लखपती हुनुको कारण चाहिँ केहि दिन यता यस कुकुरको मालिकले उसलाई ४ लाख रुपैया बराबरको सुनको सिक्रिका कारणले हो ।

ती मालिकले आफ्नो कुकुरलाई चार लाखको सुनको सिक्रि लगाइदिनुको कारण चाहिँ अझ रोचक छ । १३ मार्चमा दरभंगामा टेण्डर हात पार्न अमित कुमार सिंह आफ्नो घर पालुवा कुकुर सहित पुगेका थिए ।

तर त्यहाँ भएको आपसी मतभेद र झगडाका क्रममा कुख्यात अपराधी राम भरोसी सिंहका सर्मथकले अमित माथि गोलिबारी शुरु गरे ।

यस गोलीबारीमा एक सिपाही सहित ३ जना घाइते भएका थिए । अमितमाथी अपराधको योजना बनाएर हमला गरेको थाहा पाएपछि प्रहरी थप बल लिएर अमितको पुग्यो । तर आफ्नो मालिक प्रति वफादार कुकुरले त्यतिबेलासम्म अपराधिलाई भगाइसकेको थियो ।

तथापी प्रहरी सबै अपराधिलाई पक्राउ गर्यो । आफ्नो जीवन बचाउने कुकुरलाई अमितले चार लाखको सुनको सिक्रि लाइदिए । जसका कारण कुकुर रातरात लखपती बन्यो । कुकुरको यस बहादुरीलाई सह्राना गर्दै धेरैले सम्मान तथा इनाम समेत दिएका छन् । जीन्यूजबाट

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ३५ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित