नोकियाले ल्यायो पहिलो पटक ५ जी फोन, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

नोकियाले ल्यायो पहिलो पटक ५ जी फोन, यस्ता छन् विशेषता


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै समय मोबाइल उत्पादकहरुको दुनियाँमा एकछत्र राज गरेको नोकिया कम्पनीले पहिलो पटक ५ जी स्मार्टफोन बजारमा ल्याएको छ ।

नोकियाको आधाकारिक वितरक एचएमडी ग्लोबलले नोकिया ८.३ ५जी स्मार्टफोन लन्च गरेको हो ।

यस्ता छन् विशेषता

यो प्रिमियम मिड रेन्जको स्मार्टफोन हो । यो नोकिया ८.१ को अपग्रेड भर्सन हो ।

यो फोनमा स्न्यापड्रागन ७६५ प्रोसेसर रहेको छ जून ५जी मोडेमसहित आउँछ ।

फोन पन्च होल डिस्प्ले डिजाइनमा रहेको छ । नोकिया ८.३ स्मार्टफोनमा फूलएचडी प्लस रिजोल्यूशन तथा अलवेज अन एचडिआर सपोर्ट रहेको छ ।

फोनमा ६.८ इन्चको प्योरडिस्प्ले स्क्रीन रहेको छ ।

फोनमा थ्रीडी गोरिल्ला ग्लास प्रोटेक्सन दिईएको छ । यो फोन पोलर नाइट कलर अप्सनमा आउँछ ।

नोकियाको यो फोनमा फोटोग्राफीका लागि प्यारेभ्यू क्वाड क्यामरा सेटअप दिईएको छ ।

यो सेटअपको प्राइमरी क्यामरा ६४ मेगापिक्सेलको छ भने ४ के अल्ट्रा एचडी सपोर्टका साथ १२ मेगापिक्सेलको वाइड एंगल क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा तथा २ मेगापिक्सेलको डेप्थ क्यामरा छ ।
सेल्फीका लागि फ्रन्टमा २४ मेगापिक्सेलको क्यामरा राखिएको छ । फोनमा ४,५०० एमएएचको ब्याट्री प्याक छ भने एन्ड्रोयड १० मा संचालन हुन्छ ।

नोकिया ८.३ ५जी स्मार्टफोनको  स्टोरेज क्षमता अनुसार ५ सय ९९ देखि ६४९ यूरोसम्म मूल्य तोकिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ४२ बजे

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार