यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न नेकपालाई कार्यदलको सुझाव | Khabarhub Khabarhub

यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न नेकपालाई कार्यदलको सुझाव


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले एमसीसी सम्झौता हुबहु संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।

कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउँदै एमसीसीसी नसच्याइ यथास्थितमा अनुमोदन नगर्न सुझाव दिएको हो ।

कार्यदलले एमसीसी सम्झौता नसच्याई  हुबहु अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिएको संयोजक झलनाथ खनालले बताए ।

कार्यदलले प्रतिवेदन बुझाएसँगै अब एमसीसी पास गर्ने विषयमा पार्टी नेतृत्वले निर्णय लिनेछ ।

पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिएपछि थप दश दिन माग गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ७ : ४३ बजे

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु