ओलीले अचानक प्रचण्डलाई किन बोलाए बालुवाटार | Khabarhub Khabarhub

ओलीले अचानक प्रचण्डलाई किन बोलाए बालुवाटार


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्षद्वयबीच छलफल हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार बोलएका हुन् ।

ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाएका हुन् । प्रचण्डका अनुसार यो छलफल पूर्वनिर्धारित थिएन ।

अध्यक्षसँगको भेटघाटका लागि आफू बालुवाटार जान लागेको प्रचण्डले बताए ।

‘विकसित घट्नाक्रमका विषयमा म अहिले बालुवाटार जाँदैछु । यो कार्यक्रम थिएन । तर विकसित घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले जानुपर्ने भयो,’ भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रचण्डले भने ।

विहीवारमात्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।

त्यसअघि हिजै विहान अध्यक्षद्वयबीच छलफल भएको थियो ।

आजै एमसीसी अध्ययन कार्यदलले समेत प्रतिवेदन बुझाउने भएपछि अध्यक्षद्वय छलफलमा जुटेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : १५ बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको