मंगलबार नेप्से ३.३६ अंकले बढ्यो | Khabarhub Khabarhub

मंगलबार नेप्से ३.३६ अंकले बढ्यो


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये हिमालयन बैंकको सबैभन्दा बढी संस्थापक सेयर खरिद बिक्री भएका छन् । बैंकको एकैदिन २४ करोड ४६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । मंगलबार बैंकको संस्थापक सेयरको मूल्य प्रतिकित्ता २९० रुपैयाँ रहेको छ ।

मंगलबार तीन कम्पनीका सेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६८२ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबल आईएमई बैंक र पाँचथर पावर कम्पनीको सेयर मूल्य क्रमशः ९.७५ र ९.५२ प्रतिशतले बढेको छ ।

मंगलबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३०४ र १३८ रुपैयाँ रहेको छ ।

सो दिन निर्जीवन बीमा समूह ८१.१७ र जीवन बीमा समूह ६१ अंकले उकालो लागेका छन् । उता विकास बैंक समूह भने सबैभन्दा बढी १०.२७ अंकले ओरालो लागेको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ४ : २७ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको