जलेर बालकको मृत्यु | Khabarhub Khabarhub

जलेर बालकको मृत्यु


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

आइतबार बिहान साढे १२ बजे विराटनगर महानगरपालिका– १४ झटीयाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोराको जलेर मृत्यु भएको हो । राजेशकी श्रीमती ३२ वर्षीया इन्दुदेवी दास तत्मा र उनको ७ वर्षीय छोरा किसनकुमार दास तत्मा जलेर घाइते भएका छन् । राजेश भने शनिबार पाहुना गएका थिए ।

घाइतेको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो । सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : १५ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ