ला लिगा : बराबरीमा रोकियो बार्सिलोना | Khabarhub Khabarhub

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको छ ।

भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै २९औँ मिनेटमा टोलीलाई अग्रता दिलाए पनि मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए ।

भ्यालेन्सियाका कप्तान जोसे गायाले एन्टोइन ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि बार्सिलोनाले पाएको पेनाल्टीमा मेस्सी चुके । तर, पेनाल्टी रोकिएर रिबाउन्डमा आएको गोललाई  जोर्डी अल्बाले क्रस गरे । सोही बललाई मेस्सीले हेडरमार्फत गोलमा परिणत गरे ।

५३औँ मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ६९औँ मिनेटमा भ्यालेन्सियाका लागि म्याक्सी गोमेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत छ । भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ५ : ५० बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका