छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेछ – उपराष्ट्रपति | Khabarhub Khabarhub

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेछ – उपराष्ट्रपति


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने छठका अवसरमा शुभकामना सन्देश दिँदै भनेका छन्, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी छ । हाम्रो विविधतायुक्त संस्कार संस्कृतिले प्राकृतिकरुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनाका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन् ।”

विश्वव्यापी महामारी कोभिड–१९ का कारण यस वर्ष विगतजस्तो उल्लासमय वातावरणमा हुन नसक्ने भए पनि स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन् ।

उपराष्ट्रपति पुनले यस पवित्र पर्वले कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ११ : ४० बजे

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खजुरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खजुरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा