४ करोड डोज कोरोना भ्याक्सिन तयार | Khabarhub Khabarhub

४ करोड डोज कोरोना भ्याक्सिन तयार


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढ्दै गर्दा खुसीको खबर सार्वजनिक भएको छ ।

सिरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) बिहीबार अक्सफोर्ड र एस्ट्राजेनिकाको कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार गरिएको जनाएको छ ।

यसका साथै तेस्रो तथा अन्तिम चरणको परीक्षण (ट्रायल) का लागि १६ सय नागरिकले नाम दर्ता गरेको एसआईआईको भनाइ छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को निगरानीमा कोभिशिल्डको ट्रायल चलिरहेको छ ।

एसआईआईले अमेरिकी कम्पनी नोभाभेक्‍सबाट पनि नोभाभेक्स भ्याक्सिनका लागि सम्झौता गरेको छ । नोभाभेक्सले एसआईआईसँग सन् २०२१ सम्म एक सय करोड डोज पूर्ति गर्ने सम्झौता गरेको भारतीय सञ्चार माध्यम ‘दैनिक भास्कर’ ले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : ४६ बजे

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)