ट्रम्पले विश्वलाई भयानक सन्देश दिइरहेका छन् : बाइडेन | Khabarhub Khabarhub

ट्रम्पले विश्वलाई भयानक सन्देश दिइरहेका छन् : बाइडेन


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले चुनाव हारेर स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई भयनाक सन्देश दिइरहेको बताएका छन् ।

ट्रम्पले चुनाव हारेको स्वीकार नगरेकोमा निन्दा गर्दै बाइडेनले भने, ‘लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे ट्रम्पले बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन्, उनलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ।’

कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको भर्चुअल बैठकमा सम्बोधन गर्दै बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन्।

ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा हुँदा हुँदै पनि आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बाइडेनले बताए ।

ट्रम्पको भन्दा बढी लोकप्रिय मत पाएका बाइडनले नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनाव जितेका छन् । तर, ट्रम्पले धाँधली भएको भन्दै उनको जितलाई अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : २२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई