गण्डकी प्रदेशले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने | Khabarhub Khabarhub

गण्डकी प्रदेशले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-  गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने जनाएको छ ।

केन्द्र सरकारले विभिन्न मापदण्ड बनाएर कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट पन्छिदै गर्दा गण्डकी प्रदेशले भने संक्रमितको उपचार नि:शुल्क गर्ने जनाएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको नि:शुल्क उपचार भइरहेको जानकारी दिए।

‘हालसम्म जुन ढंगबाट उपचार हुँदै आएको छ। त्यो यथावत रहन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अझ पहिलाभन्दा झन् व्यवस्थित बनाउने तयारीमा छौं ।’

सबै जिल्लाहरुमा आइसियु बेडकाे व्यवस्था हुनै लागेकाे भन्दै उनले नागरिककाे जीवन रक्षाका लागि आफूहरू जिम्मेवार रहेको बताए।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ५१ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी