नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३०९३ कोरोना संक्रमित, ८ को मृत्यु | Khabarhub Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३०९३ कोरोना संक्रमित, ८ को मृत्यु


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ थियो ।

पछिल्लो २४ घण्टामा थप २१०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९६ हजार ६०९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५०१ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ४ : ४३ बजे

शंखमु्लमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको