मोरङमा पछिल्लो २४ घण्टामा थप सात संक्रमितको मृत्यु | Khabarhub Khabarhub

मोरङमा पछिल्लो २४ घण्टामा थप सात संक्रमितको मृत्यु


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा पछिल्लो २४ घण्टामा थप सात संक्रमितको मृत्यु भएको छ ।

विराटनगरमा २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।

विराटनगरका विभिन्न अस्पतालमा उपचाररत पाँच महिला र दुई पुरूषको मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ ।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको बिहान साढे ५ बजे कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएपछि भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धाको पनि कोशी अस्पतालमा आज बिहान पौने ५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको बस्नेतले बताए ।

कोशी अस्पतालमै सोमबार साढे ६ बजे सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि सोमबार अस्पताल भर्ना गरिएका उनको साँझ मृत्यु भएको हो ।

मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय संक्रमित वृद्धको पनि उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको छ ।

असोज २८ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा ग्राह्रो हुने समस्या रहेका उनको सोमबार मध्यराति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धाको पनि मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । उनलाई असोज २४ न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धाको पनि नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए । उनी गत शनिबार अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्धाको आज बिहान ८:५० बजे  मृत्यु भएको छ ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको बिर्तामोड नगरपालिका–४ की महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई असोज ३० गते अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : ३७ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर